मोरङको सुन्दरहरैंचा–७ स्थित महेन्द्र राजमार्गमा पर्ने मालती पुल मुनी
भेटिएका सिलिण्डर बम माओवादी सशस्त्र युद्धको समयमा राखिएको खुलेको छ ।
मालती पुलको मुनी बम रहेको भन्ने सूचनाको आधारमा नेपाली सेनाको बम डिस्पोजल
टोलीले खोजी गरेको थियो । >
>
मालती पुलबाट करिब १० मिटर पश्चिममा सुरुङ खनेर राखिएका चार वटा सिलिण्डर भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । बम रहेको जानकारी माओवादी नेताहरुले नै दिएका थिए । महेन्द्र राजमार्ग विस्तार भइरहेकोले सुरक्षा सतर्कताका साथ खनिएको थियो । सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय गर्ने क्रममा दिनभरी नै आवागमन ठप्प पारिएको थियो ।>
>
>
भेटिएका चार सिलिण्डरमध्ये नेपाली सेनाले दुई वटालाई निष्क्रिय बनाएको थियो भने दुई वटा खाली सिलिण्डर पाइएको छ । बम निष्क्रिय गर्ने क्रममा ठुलो आवाजका साथ विस्फोट भएको थियो ।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन