नेपालगन्ज : खजुरा गाउपालिकामा पछिल्लो समय बिबादास्पद र भ्रमित बनाइयको बहुउद्देश्यीय सभा हलका बिषयमा गाउपालिका अध्यक्ष डम्बर बहादुर बिक तुफानले सामाजिक संजाल मार्फत प्रस्ट पारेका छन।>
उनले तत्कालिन गाउपालिकाको पत्र र बजेट सिलिङ्ग समेत राख्दै भनेका छन” बि स २०७६-०१- १७ को ठेक्का आह्वान र २०७६-०२-१२ को सम्झौता गर्न आउनु भन्ने पत्र र २०७६ -०२-२१ को ठेक्का सम्झौता पत्रमा बहुउद्देश्यीय सभा हल भनेरै नाम लेखियको छ।” ती सम्पुर्ण पत्रहरुमा तत्कालिन प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसिको हस्ताक्षर छन। भने तत्कालीन अवस्थामा नेकपा एमालेको नेतृत्वमा स्थानिय सरकार र बहुमत कार्यपालिका सदस्य रहेको थियो। >
उता आव २०७७/०७८ को सातौ गाउसभाबाट २०७७-०३-२५ मा अनुमोदित बजेट सिलिङ्गमा समेत क्रम सन्ख्या न.२५ मा बहुउद्देश्यीय सभा हल नै भयको बताउछन अध्यक्ष डम्बर बहादुर बिक ।” अन्तिममा तुफान लेख्छन- ” हामिले सरकारको ऐन कानुन अनुसार काम गर्नुपर्दैन र ? जिम्मेवार पार्टीले प्रतिक्रिया दिदा ध्यान दिनु जरुरी हुन्छ।”>
खजुरा स्थित वडा न. ३मा रहेको “खजुरा बहुउद्देश्यीय सभा हल”को यहि माघ १० गते पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल`प्रचण्ड´ ले एक कार्यक्रमका बिच उद्दघाटन गरेका थिए। >
उक्त सभा हलको नाम एमालेका स्वर्गीय पुर्ब महासचिव मदन भन्डारीको नामबाट हुनुपर्छ भनेर नेकपा एमाले खजुरा गाउपालिका कमिटिले बिज्ञप्ती नै निकाले पछि गाउपालिका अध्यक्ष तुफानले सामाजिक संजाल मार्फत प्रस्ट पारेका हुन।>
उक्त खजुरा बहुउद्देश्यीय सभाको हलको योजना र शिलान्यास तत्कालीन गाउपालिका अध्यक्ष किस्मत कुमार कक्षपतीको कार्यकालमा भयको थियो भने निर्माण अमर कन्स्ट्रक्सनले सम्पन्न गरेको छ l >
हाल सामाजिक संजाल प्रयोगकर्ता धेरैको प्रतिक्रियापनि कुनै एक ब्याक्तीको नाम भन्दा खजुरा बहुउद्देश्यीय सभा हल उपयुक्त र सान्दर्भिक तथा खजुराको परिचय दिने र अस्तित्वको भयको बताउछन ।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन
Bibad pani hunopaexa